Suvadin, Home

निर्मलाका पोस्टर टाँस्ने १२ युवा पक्राउ

काठमाडौं, १४ मंसिर – निर्मला पन्तका बलात्कारी तथा हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै निर्मलाको तस्बिर टाँस्ने १२ युवालाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो युवाहरुको समूहले कञ्चनपुरकी १३ वर्षीया बालिका  निर्मलाको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर टाँस्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

‘निर्मलालाई न्याय देऊ’ लेखिएको उक्त पोस्टरहरु टाँसिएका काठमाडौंको विभिन्न सार्वजनिक ठाउँमा गई प्रहरीले च्यातेको छ।
 


 

More form the Internet

loading...