Suvadin, Home

रोजगारदाता, श्रमिक सबैको असुरक्षित यात्राको अन्त्य : मन्त्री विष्ट

काठमाडौं, ११ मंसिर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त हुने बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले अबदेखि श्रमिकहरुमा काममा प्रतिवद्धता आउनुका साथै उत्पादन बढ्ने विश्वास समेत व्यक्त गरेका छन् । 

‘जसले समृद्ध देशको परिकल्पना पुरा हुनेछ’ मन्त्री विष्टले योजनाका फाइदाहरुबारे जानकारी दिदै भने ‘परिवारको आर्थिक सुधारमा मद्दत पुग्नेछ । रोजगारदाता, श्रमिक सवैको असुरक्षित यात्राको अन्त्य भएको छ ।’ 

उनले नेपाली श्रम र सीपलाई बढाउदै लैजान यो योजना सहयोगि बन्ने विश्वास व्यक्त गरे । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् ।

यस योजना अनुसार श्रमिकले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन् ।

यस्तै कोषले बेरोजगार सहायता कार्यक्रम तथा अन्य आवश्यकता अनुसारका कार्यक्रम पनि सञ्चालन गर्न सक्ने व्यवस्था ऐन र कार्यविधिमा गरिएको छ।
 


 

More form the Internet

loading...