Suvadin, Home

माग सम्वोधनका लागि सरकारले कुनै पहल नगरेकोमा आक्रोश
पत्रकार महासंघद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

काठमाडाैं, जेठ ५ - मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्रावधान प्रेस स्वतन्त्रता कुण्ठित पार्ने किमिसको रहेको भन्दै आन्दोलित नेपाल पत्रकार महासंघलेसंघर्षका थप कार्यक्रम घोषणा गरेको  छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सकिदा समेत माग सम्वोधनका लागि सरकारले कुनै पहल नगरेको भन्दै थप कार्यक्रम घोषणा गरेको हो ।

भोलीदेखि जेठ २५ गतेसम्म जारी रहने गरी विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय भएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए  । 

जसअर्न्तगत भोली र पर्सी महासंघका पूर्वअध्यक्षहरुसँग छलफल गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग सञ्चार अभियान सञ्चालन गर्ने, १३ र १४ गते सांसदहरुसग छलफल गर्ने  र जेठ १६ र १७ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने  कार्यक्रम छ ।

यस्तै जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा सो विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफmल गर्ने , जेठ २१ र २२ गते     महासंघका जिल्ला शाखाहरुले र जेठ २३ र २४ गते केन्द्रमा सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यस्तै जेठ २५ गते राजधानीको बानेश्वरदेखि बरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने र उपत्यका बाहिर प्रदेश राजधानीमा सोही खालको प्रदर्शन गर्ने निर्णय भएको महासंघका महासचिव विष्टले जानकारी दिए । यस्तै, मिडिया काउन्सिल विधेयक संसदमा पेश हुने दिन देशव्यापी रुपमा विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ । 

 

 

 

 


 

More form the Internet

loading...