Suvadin, Home

Cover Image

प्रतिनिधिसभाको शुन्य समयमा सांसदले राखे यस्ता माग  

‘कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ? चापाकोट, रामपुर कुडीटार लगायतका टारहरु र फाँटहरुको सिंचाईमा के अवस्था हुन्छ ? ९५ प्रतिशत सम्म भाग ओगटेको गण्डकी प्रदेशले कालिगण्डकी डाईभर्सन गर्दा त्यसको सहमति लिनुपर्ने हो कि होइन ? यसबाट लाभान्वित हुने प्रदेशसँग पनि यसको सहमति लिनु पर्ने हो कि होइन ? उनले सरकारसामु प्रश्न तेस्र्याउँदै भने, ‘यस्तो गम्भीर विषयमा अध्ययन गर्ने भनेर सरकारले नीति कार्यक्रम राखेको छ ।

काठमाडाैं, जेठ ६ - प्रतिनिधि सभाको सोमबार भएको बैठकको शुन्य समयमा सांसदहरुले विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अतहर कमाल मुसलमानले महिला नर्सहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै अमानवीय कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराए ।

आन्दोलनकारी नर्सहरुको माग सम्बोधन गर्न उनले माग गरे । सांसद एवं राप्रपा अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग अबिलम्ब सम्बोधन गर्न माग गरे । 

सांसद अमरेश कुमार सिंहाले चिनी मिलले किसानलाई उखु खरिद बापतको भुक्तानी नदिएकाे भन्दै तुरुन्त भुक्तानीको व्यवस्था मिलाउन माग राखे । सर्लाहीका चिनी मिलले किसानलाइ गत वर्ष उखु खरिद गरेको भुक्तानी दिएका छैनन् ।

सांसद एकवाल मियाँले बारा जिल्लामा हुरी बतासबाट भत्किएका घर सर्भे गर्दा केही छुटेकाले ती घरहरु पनि समावेश गर्न माग गरे । सांसद खगराज अधिकारीले कालिगण्डकी डाईभर्सनको अध्ययनबारे सदनलाई स्पष्ट पार्न माग गरे ।

‘कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ? चापाकोट, रामपुर कुडीटार लगायतका टारहरु र फाँटहरुको सिंचाईमा के अवस्था हुन्छ ? ९५ प्रतिशत सम्म भाग ओगटेको गण्डकी प्रदेशले कालिगण्डकी डाईभर्सन गर्दा त्यसको सहमति लिनुपर्ने हो कि होइन ? यसबाट लाभान्वित हुने प्रदेशसँग पनि यसको सहमति लिनु पर्ने हो कि होइन ? उनले सरकारसामु प्रश्न तेस्र्याउँदै भने, ‘यस्तो गम्भीर विषयमा अध्ययन गर्ने भनेर सरकारले नीति कार्यक्रम राखेको छ ।

सम्बन्धीत प्रदेशलाई समेत ध्यान दिएर यसको जवाफ तुरुन्तै आउनेछ भन्ने मैले अपेक्षा गरेको छु । सांसद गजेन्द्रबहादुर महतले जुम्लाको गुठीचौर गाउँपालिका भित्रको ३ लाख वर्ग मिटर जग्गा आफ्नो नाममा पास गर्ने तात्कालिन मालपोत कार्यालयका प्रमुख गोविन्द न्यौपानेले मुद्दा लम्ब्याउन चलखेल गरेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए । 

सांसद घनश्याम खतिवडाले बाली लगाउने समयमा मल अभाव भएको र वास्तविक किसानले अनुदान पाउन नसकेको भन्दै मलको आपुर्ति सहज बनाउन कृषिमन्त्रीको ध्यानाकर्षण गराए । 


 

More form the Internet

loading...