Suvadin, Home

Cover Image

काम निगरानी गर्न मन्त्रालयस्तरीय समन्वय समिति गठन
छाँया सरकार: खड्कालाई परराष्ट्र, थापालाई शिक्षा मन्त्रालयको जिम्मा

देउवाले सोमबार गठन गरेको छाया सरकारमा ज्ञानेन्द्र बहादुर कार्की उर्जा, जालस्रोत तथा सिचाई मन्त्रालयका सयोजक छन् भने डा. नारायण खड्का परराष्ट्र मन्त्रालयका संयोजनको जिम्मा पाएका छन् ।

काठमाडौं, जेठ ६ - सरकारको कामकारवाहीलाई निगरानी गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । सोमबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयहरुको काम निगरानी गर्न मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका छन् ।

तीन सदस्यीय समितिहरुमा एकजना संयोजक र अन्य दुईजना सदस्यको रुपमा रहेको संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। देउवाले सोमबार गठन गरेको छाया सरकारमा ज्ञानेन्द्र बहादुर कार्की उर्जा, जालस्रोत तथा सिचाई मन्त्रालयका सयोजक छन् भने डा. नारायण खड्का परराष्ट्र मन्त्रालयका संयोजनको जिम्मा पाएका छन् ।

यस्तै गृह मन्त्रालयको संयोजन दिलेन्द्र प्रसाद वडुले गर्ने छन् भने युवा नेता गगन थापा शिक्षा मन्त्रालयको संयोजन गर्ने छन् ।


 

More form the Internet

loading...