Suvadin, Home

सांसदको प्रश्न: संयुक्त सैन्य अभ्यासले राष्ट्रिय अस्मिता कहाँ पुर्‍याउँछ ?

काठमाडौं, जेठ ७ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवप्रसाद गुरुङले पोखरामा नेपाल, अमेरिकालगायत ६ राष्ट्रको २२० सैनिकको संयुक्त सैन्य अभ्यास भएको भन्दै विरोध जनाएका छन् । विपद व्यवस्थापनको नाममा सैन्य अभ्यासको सुरुवात भएको भन्दै यसले नेपालको राष्ट्रिय अस्मितालाई नै असर पार्ने गुरुङले बताए ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले प्रश्न गरे, ‘नेपाल राष्ट्रियताको संकट परिरहेका अवस्थामा, शक्ति राष्ट्रको टकराव परिरहेको बेला यसले नेपालको राष्ट्रिय अस्मितालाई कहाँ पु¥याउँछ  ? नेता गुरुङले यस विषयमा परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको पनि ध्यानाकर्षण गराएका छन् ।


 

More form the Internet

loading...