Suvadin, Home

विप्लवलाई प्रधानमन्त्रीको प्रश्न,- आतंककारी समूहमात्रै बन्ने ?

‘मुद्दाविहीन विषयलाई मुद्दा बनाइन्छ । जस्तो गालीगलौज गर्नपनि छुट दिनुपर्ने ? हाम्रो सभ्यताको धज्जी उडाउने ?’–उनले भने–‘मिडियालाई बेलगाम वा स्वतन्त्रताका पक्षमा छौं । संविधानको एक अक्षर पनि नाघ्दैनौं ।’ उनले मिडियाले तथ्यमा ध्यान दिनुपर्ने र जिम्मेवारीपूर्वक प्रस्तुत् हुनुपर्नेमा जोड दिए ।

काठमाडौं, जेठ १३ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका मिडियामाथि आफ्नो असन्तुष्टि पोखेका छन् । मिडियाले समाजको हुर्मत लिएको, चीरहरण गरेको उनको आरोप छ ।

सोमबार राजधानीमा राष्ट्रिय मानवअधिकार आयोगको १९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मिडियाले राजनीतिलाई प्रदूषित र फोहोरी बनाएको आरोपसमेत लगाए ।

‘मुद्दाविहीन विषयलाई मुद्दा बनाइन्छ । जस्तो गालीगलौज गर्नपनि छुट दिनुपर्ने ? हाम्रो सभ्यताको धज्जी उडाउने ?’–उनले भने–‘मिडियालाई बेलगाम वा स्वतन्त्रताका पक्षमा छौं । संविधानको एक अक्षर पनि नाघ्दैनौं ।’ उनले मिडियाले तथ्यमा ध्यान दिनुपर्ने र जिम्मेवारीपूर्वक प्रस्तुत् हुनुपर्नेमा जोड दिए ।

‘हत्यामा राजनीति गर्न खोजियो’ बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा राजनीति गर्न खोजिएको दाबी प्रधानमन्त्री ओलीले गरे । 

निर्मला बलात्कार–हत्या प्रकरणमा प्रहरी प्रशासनबाट त्रुटि भएको भन्दै उनले सरकारले अपराधी पत्ता लगाउन प्रयास गरेको तर निष्कर्षमा पुग्न नसकेको उल्लेख गरे । ‘विप्लवलाई चाहिएको के हो रु माग के हो ? ’ प्रधानमन्त्री ओली नेत्रविक्रम चन्द नेतृत्वको समूहप्रति पनि आक्रोशितरुपमा प्रस्तुत् भए ।

‘विप्लवलाई चाहिएको के हो रु माग के हो ?’–उनले प्रश्न गरे–‘आतंककारी समूहमात्र बन्ने ?’ त्रास फैलाउने, बम हानेर निर्दोष जनता मार्ने, विकासका काम गर्न नदिने, पैसा असुल्नेजस्ता अभिष्ट चन्द समूहको देखिएको उनको भनाइ थियो ।

‘सरकार रोक्न दृढ छ । मानवअधिकार, सभ्यता, मर्यादाविपरीत काम हुन दिँदैनौं’–उनले भने । विभिन्न विधेयकहरु छलफलका लागि ल्याइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई संसदमा गहन छलफलपछि लोकतन्त्र र मानवअधिकारमैत्री बनाइने स्पस्ट पारे ।

 

 

 

 

 


 

More form the Internet

loading...