Suvadin, Home

विप्लव समुहका मध्यकमाण्ड सचिवसहित तीन नेताद्वारा पार्टी परित्याग

शुक्रबार जिल्ला अदालत, ललितपुरले उनीहरुलाई तारेखमा छोडेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार उनीहरुले पार्टीका सम्पूर्ण गतिविधी त्यागेका छन् । समूहबाट बाहिरिएको घोषणा गरेका अधिकारी खानेपानी मन्त्री विना मगरका पूर्वपति समेत हुन् ।

काठमाडाैं, जेठ १४ - प्रतिबन्धित नेत्रविक्रम चन्द  विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड सचिवसहित तीन नेताले पार्टी परित्याग गरेका छन् ।  पार्टीका मध्यकमाण्ड सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी सहित संजिव कार्की र देवराज घिमिरेले पार्टी परित्याग गरेका हुन् ।

ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै अधिकारी सहित उनीहरुले पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि जिल्ला प्रशासन कार्यालय पुगेर पार्टी परित्याग गरेका हुन् ।

शुक्रबार जिल्ला अदालत, ललितपुरले उनीहरुलाई तारेखमा छोडेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार उनीहरुले पार्टीका सम्पूर्ण गतिविधी त्यागेका छन् । समूहबाट बाहिरिएको घोषणा गरेका अधिकारी खानेपानी मन्त्री विना मगरका पूर्वपति समेत हुन् ।

ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको विस्फोटमा संलग्न रहेको आरोपमा समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसँगै ९ चैतमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको  थियो । 


 

More form the Internet

loading...