Suvadin, Home

मोदीसँग द्विपक्षीय महत्त्वबारे छलफल हुन्छ: भट्टराई

विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ उनले भने, 'त्यसबाहेक किजिकिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्री पनि आउने कार्यक्रम छ भन्ने जानकारीमा आएको छ।’ उनले त्यही समयमा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने बताएका छन्।

काठमाडाैं, जेठ १४ - प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्विपक्षीय महत्त्वबारे छलफल हुने स्पष्ट पारेका छन्।

ओली बिहीबार दिउँसो भारत जाँदैछन् ।  मंगलबार साक्षात्कार कार्यक्रममा बोल्दै सल्लाहकार डा. भट्टराईले यस्तो जानकारी गराएका हुन् । ‘भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुनको लागि निम्तो आएको छ।

विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ उनले भने, 'त्यसबाहेक किजिकिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्री पनि आउने कार्यक्रम छ भन्ने जानकारीमा आएको छ।’ उनले त्यही समयमा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने बताएका छन्।

उनले भने,‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो। नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुन्छ।’ नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उनको विश्वास छ। बिहीबार साँझ हुने सपथग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने उनले बताए।

भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पुनरोदय भएकोले मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता दिने स्पष्ट पारे। उनले भने, ‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुद बनाएर अघि बढाउने छन्।’ भारतमा मोदीको उदयसँगै नेपाल-भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको उनको दाबी छ।
 

 


 

More form the Internet

loading...