Suvadin, Home

गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैन: प्रधानमन्त्री

ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताए । गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज भएको बताउँदै उनले भने - 'गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो।​' प्रधानमन्त्री ओलीले ११ वर्ष अघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गरेका छन्।

काठमाडौं, जेठ १५ - प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजलाई समृद्ध बनाउनका लागि  सुशासन र विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

सरकार सुशासन र विकासतर्फ अग्रसर भएको बताउँदै उनले भने, - 'सुशासन र विकासको स्पष्ट प्रतिबद्धतासहित सरकारको नीति तथा कार्यक्रम भर्खरै संसदले पारित गरेको छ।'

ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताए । गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज भएको बताउँदै उनले भने - 'गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो।​' प्रधानमन्त्री ओलीले ११ वर्ष अघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गरेका छन्।

'हरेक वर्ष गणतन्त्र दिवसलाई  एउटा प्रगतिशील परम्पराको सुरुवात भएको दिनको  रुपमा स्मरण गर्नुपर्छ।' उनले भने - 'यो दिवसले हामीलाई गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आमजनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्दैछ।'

प्रधानमन्त्री ओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताकालागि, जनताले नै निर्माण गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल–सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार मुलुकमा भएको स्पष्ट पारे।  

 


 

More form the Internet

loading...