Suvadin, Home

प्रधानमन्त्री ओली दिल्लीमा

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र उसको लोकतान्त्रिक गठबन्धनले भारी बहुमत ल्याएपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । बिहीबार साँझ मोदीले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

काठमाडौं, जेठ १६ - प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँदिल्ली पुगेका छन् । उनी बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यसतर्फ लागेका थिए ।

प्रधानमन्त्री ओली १० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै नेपाल एअरलाइन्सको विमानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन त्यता गएका हुन् । 

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र उसको लोकतान्त्रिक गठबन्धनले भारी बहुमत ल्याएपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । बिहीबार साँझ मोदीले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रधानमन्त्री ओली सो शपथ कार्यक्रममा सहभागी हुनेछन् । योपटक मोदीले ‘बिम्स्टेक’ सदस्य राष्ट्रका सरकार प्रमुखलाई मात्र आफ्नो शपथग्रहण समारोहका लागि आमन्त्रण गरेका छन् ।

पहिलोपटक प्रधानमन्त्री हुँदा भने उनले ‘सार्क’ सदस्य राष्ट्रका सरकार प्रमुखलाई शपथग्रहण समारोहमा निमन्त्रणा गरेका थिए । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शुक्रबार द्विपक्षीय भेटवार्ता हुने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कनेछन् । प्रधानमन्त्रीकारुपमा ओलीको यो तेस्रो भारत भ्रमण हो ।


 

More form the Internet

loading...