Suvadin, Home

भने, - ‘यो त धराप थापे जस्तो भयो'
सांसदले बैठकमै भाँचिएको कुर्सी देखाएपछि...

काठमाडौ, जेठ १९ - सत्तारुढ दल नेकपाका सांसद सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँचिएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुखमार्फत संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँचिएको कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराएका हुन् । बैठककक्षमा भाँचिएको कुर्सीको आधा भाग उचालेर देखाउँदै उनले आफु चार पटक यहाँबाट लडेको बताए ।

‘अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ,’ उनले भने, ‘यो त धराप थापे जस्तो भयो । ज्यान जोगाईपाउँ भन्नु पर्ने अवस्था आयो । आगामि दिनमा यस्ता कुर्सी कम्तिमा नराखियोस् ।’

उनको ध्यानाकर्षणसँगै संसद बैठक कक्षमा हाँसो छाएको थियो । सभामुख कृष्णबहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे गम्भीर रुपले ध्यानाकर्षण भएको जनाए ।


 

More form the Internet

loading...