Suvadin, Home

प्रमाणसहित प्रतिवेदन सरकारलाई बुझाउने तयारी
बालुवाटारको जग्गा अधिग्रहण नै भएको निष्कर्ष 

काठमाडाैँ जेठ २० -प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यक्तिको नाममा लगिएको बालुवाटार ललितानिवासको करिब एक सय ४७ रोपनी सरकारी जग्गा सरकारले अधिग्रहण नै गरेको निष्कर्ष निकालेको छ । सिआइबीले अधिग्रहण गरिएका प्रमाणसहित छानबिन प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । 

सो जग्गा सरकारले जफत गरेको दाबीसहित कांग्रेस नेता सुवर्णशमशेरका सन्तानहरूले आफ्नो नाममा ल्याएका थिए । तर, मुआब्जा नै दिएर त्यतिवेला अधिग्रहण गरिएको प्रशस्त प्रमाण भेटिएको सिआइबीले जनाएको छ । हाल रोक्का रहेको सो जग्गा सरकारले फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि छानबिन गरी विस्तृत प्रतिवेदन बुझाउन सिआइबीलाई जिम्मेवारी दिएको थियो ।

छानबिन अन्तिम चरणमा पुगेको सिआइबीका एसपी सुदीप गिरीले बताए । सिआइबीको प्रतिवेदनका आधारमा सरकारले मन्त्रिपरिषद्का पुराना निर्णय खारेज गर्ने तयारीसमेत गरेको छ ।


 

More form the Internet

loading...