Suvadin, Home

भन्छन् - 'सम्मेलनमा पूर्वराजादेखि विप्लवसम्मलाई सहभागी गराऔँ'
गोलमेच सम्मेलन गर्न कमल थापाकाे माग

‘लोकतन्त्रको विकल्प छैन तर, राष्ट्रिय सहमतिका आधारमा संवैधानिक राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली आवश्यक भइसक्यो’ उनले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठेको छ, समाधानका लागि नयाँ सहमतिमा जानुपर्छ ।’

बुटवल, जेठ २१ -  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक राजनीतिक संकटमा परेको दाबी गर्दै गोलमेच सम्मेलन गर्न माग गरेका छन् । त्यस्तो सम्मेलनमा पूर्वराजादेखि विप्लव समूहलाई सहभागी गरउनुपर्ने उनले बताए ।

पार्टीको प्रदेश नंं ५ कार्यालय उद्घाटन एवं जिल्ला अध्यक्ष तथा सचिवहरुको भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सफल कार्यान्वयन हुन नसकेको बरु थप जटिलता उत्पन्न भएकालेसमीक्षा गर्ने बेला आएको बताए । राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गरी देशमा दीगो शान्ति कायम गर्न गोलमेच सम्मेलन गर्नुपर्ने प्रस्ताव गरे ।

‘लोकतन्त्रको विकल्प छैन तर, राष्ट्रिय सहमतिका आधारमा संवैधानिक राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली आवश्यक भइसक्यो’ उनले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठेको छ, समाधानका लागि नयाँ सहमतिमा जानुपर्छ ।’

राजतन्त्रको अन्त्यपछि पनि बेरोजगारी, भ्रष्टाचार, मौलिक धर्मसंस्कृतिमाथि आक्रमण, राष्ट्र विखण्डनको चुनौती, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद र विप्लव माओवादीको नयाँ द्वन्द्वको जन्म जस्ता समस्या कायमै रहेकाले गोलमेच सम्मेलन गर्नुपर्ने उनको तर्क छ ।  संघीयतामा सुधार गरी केन्द्र र स्थानीय सरकारलाई अझ बलियो बनाउनुपर्ने र प्रदेश सरकार खारेज गर्नुपर्ने उनको तर्क गरे ।

 

 


 

More form the Internet

loading...