Suvadin, Home

Cover Image

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्रीबीच भेटवार्ता

भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा छलफल भएको बताइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत  डा। दुर्गाबहादुर सुवेदीलगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गरेका थिए ।

बार्सिलोना,जेठ २८ - बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । मेलेसँग मङ्गलबार दिउँसो लन्डनमा प्रधानमन्त्री ओलीको भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा छलफल भएको बताइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत  डा। दुर्गाबहादुर सुवेदीलगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गरेका छन् । संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताको संविधानमा रहेका ब्यवस्थाले केही कठिनाई आएको बताए ।

प्रधानमन्त्री ओलीसँग बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकले भेट गरी निवृत्तिभरण आदि विषयमा भेदभाव भएको भन्दै गुनासो गरेका थिए ।


 

More form the Internet

loading...