Suvadin, Home

होटल हायात दिनभर ठप्प, कर्मचारी आन्दोलनमा  

‘होटलमा श्रम ऐन अनुसारका सेवासुविधा नपाएपछि हामी आन्दोलनमा उत्रिएका छौं, आज बिहान ९ बजेदेखि ५ बजेसम्म हामीले सम्पूर्ण काम बन्द गरेका छौं,’ उनले भने। नेपालमा नेपाली श्रमिकहरुलाई नै कामको अभाव भइरहेको अवस्थामा विदेशी कामदारलाई ल्याएर नेपाली कामदारलाई प्रतिस्थापन गर्ने, विदेशी कामदारद्वारा नेपाली कामदार हेपिने लगायत समस्या होटल हायातमा रहेको अध्यक्ष दाहालले बताए। 

काठमाडौं, जेठ ३० - कर्मचारीहरुलाई तलब दिए पनि बिदा लगायत अन्य सेवासुविधा नदिएको भन्दै यतिबेला पाँचतारे होटल हायातका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। 

अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले होटल हायातमा काम गर्ने कर्मचारीहरुले श्रम ऐन अनुसार बिदा तथा अन्य विभिन्न सेवासुविधा नपाएकाले आन्दोलनमा उत्रिएको बताए।

‘होटलमा श्रम ऐन अनुसारका सेवासुविधा नपाएपछि हामी आन्दोलनमा उत्रिएका छौं, आज बिहान ९ बजेदेखि ५ बजेसम्म हामीले सम्पूर्ण काम बन्द गरेका छौं,’ उनले भने। नेपालमा नेपाली श्रमिकहरुलाई नै कामको अभाव भइरहेको अवस्थामा विदेशी कामदारलाई ल्याएर नेपाली कामदारलाई प्रतिस्थापन गर्ने, विदेशी कामदारद्वारा नेपाली कामदार हेपिने लगायत समस्या होटल हायातमा रहेको अध्यक्ष दाहालले बताए। 

होटलले कर्मचारीहरुको मागको सुनुवाइ नगरे आफूहरु कडा आन्दोलनमा जाने चेतावनी कर्मचारीहरुले दिएका छन्। 

 

 

 


 

More form the Internet

loading...