Suvadin, Home

शक्ति र सत्ताको आडमा भैरहेको प्रहारप्रति गम्भीर ध्यानाकर्षण 

नेपाली कांग्रेस लम्कीचुहानगर समितिले पार्टीको सम्पर्क कार्यालय बलियामा पत्रकार सम्मेलनको आयोजना गदै लम्कीचुहा स्थानिय सरकारले जनताको जन भावना विपरीत एकलौटी तरिकाले मनोमानि गरी रहेको भन्दै आपति जनाएको हो।

लोक देउवा 
लम्की,२७ माघ -
शक्ति र सताको आाडमा बिभिन्न माध्यामबाट आफ्नो पार्टी र कार्यकर्तामाथि आक्रमणको प्रयास भैरहेको भन्दै नेपाली कांग्रेस लम्कीचुहा नगर समितिले गम्भीर  ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली कांग्रेस लम्कीचुहानगर समितिले पार्टीको सम्पर्क कार्यालय बलियामा पत्रकार सम्मेलनको आयोजना गदै लम्कीचुहा स्थानिय सरकारले जनताको जन भावना विपरीत एकलौटी तरिकाले मनोमानि गरी रहेको भन्दै आपति जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख रामबहादुर विष्टले सरकार सर्वसत्ताबाद तर्फ उन्मुख भैरहेको बेला स्थानिय सरकारले समेत दुई तिहाइको दम्भमा केही मिडियाको आडमा  नेपाली कांग्रेसमा लागेका सदस्य र सिंङ्गो पार्टीको चरित्र हत्या गर्ने उद्देश्यले समाजमा भ्रम फिजाई रहेको आरोप लगाएका छन।

केही दिन अगाडि केही सञ्चारमाध्याम र सामाजिक सञ्जालमा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ स्थित शिव मन्दिरको जग्गा नेपाली कांग्रेसले बिक्रि वितरण गरेको भनी समाजमा भ्रम फैलाउने काम भएको भन्दै  आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताए।

मन्दिरको जग्गा कांग्रेसका कार्यकर्ताले बिक्रि गरी खाएको भनी सामाजिक सञ्जाल र केही सञ्चार माध्याममा आएको समाचार भ्रामक मात्र भएको बताउदै नगर प्रमुख विष्टले सो जग्गा केही बर्ष देखि नै अर्कोले नै भोग चलन गदै आएको बताए। केही मिडायाकर्मी र  मिडियाले समाजमा भ्रम फैलाउने उद्देश्यका साथ पूर्वाग्रही ढंगले सिंगो नेपाली कांगे्रसको गरीमामा आँच आउने किसिमले समाचार सम्प्रषण गर्नुको साथै सामाजिक सञ्जालमा भिडियो हालेको नगर सभापति विष्टले बताए। 

यसैबिच लम्कीचुहा नगरपालिकाले बिभिन्न वडा कार्यालयको नाममा दिदै आएको भाडा रकममा समेत नेपाली कांग्रेस नगर समितिले आशंका ब्यक्त गदै सत्य तथ्य कुरा जनतालाई जानकारी गराउन नगरपालिकासंग प्रेस विज्ञाप्ती मार्फत माग गरेको छ।

 दोस्रो संबिधान सभाको सांसद विकास कोषबाट सामाजिक सेवा दिनका लागि मोर केयर सेवा समाज नामक संस्थाले सञ्चालन गर्ने गरी खरीदर गरीएको एम्बुलेन्स जनताको सेवामा नभई केही बर्ष यता नेपाल कम्न्यिुष्ट पार्टीका नेता कार्यकर्ता बोक्ने साधनको रुपमा प्रयोग हुँदै आएको भन्दै नेपाली कांग्रेस नगर समितीले ध्यानाकर्षण भएको जनाएको छ।

नगरपालिकाले विकास निमार्णका कार्यका साथै कृर्षि तथा पशुपालनका साथै अन्य अनुदानका कार्यक्रममा एकलौटी र मनोमानी गरेको भन्दै प्रेस विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केही सञ्चारकर्मीले पेसागत मर्यादा भुलेर पुर्वाग्रही ढंगले नेपाली कांग्रेसका बिभिन्न ब्यक्तिहरुलाई पटक पटक ब्ल्याक मेलिङ्ग गदै मान मर्यादामा आच आउने र चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण गरीरहेको बताउदै सो कार्यमा संलग्नलाई छानविन गरी सम्बन्धीत निकायसंग कानुनी कारबाहीको लागि माग गदछौ, नेपाली कांग्रेस लम्कीचुहा नगरपालिकाका नगर सभापति विष्टद्धारा हस्ताक्षर प्रेस विज्ञाप्तीमा उल्लेख छ।

यस्तै पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति देवानन्द जैशीले नेपाली कांग्रेसमाथि पटक पटक बिभिन्न बहानामा भैरहेको आक्रमण आफुहरुलाई सहिय नहुने चेतावनी दिए।

नेपाली कांग्रेस नगर पालिकाको गतिविधि पर्ख र हेरमा रहेकोले अब त्यो घडि समाप्त भएको र हरेक कार्यमा आफ्नो पार्टीको निगरानी रहने आक्रोश व्यक्त गरे। नगरपालिकाका वडा नम्बर ६ मा रहेको जग्गाको बारेमा बाहिर आएको सामाचार कपोकल्पीत र भ्रामक भएको बताउदै त्यस्ता भ्रममा नपर्न सबैलालई जैशीले आग्रह समेत गरे।  

पत्रकार सम्मेलमा नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति कर्णसिंह साउदले केही सञ्चारकर्मीले आफुसंग लिएको अन्तरबार्ता जस्ताको तेस्तै प्रशारण नगरी बल्याकमेलीङ्ग गरेको आरोप लगाए। साउदले नेपाली कांग्रेसको र केही आफ्नो सोझा कार्यकर्ताको बदनाम र चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जाल र मिडिमा समाचार तथा भिडियो ल्याएको आरोप लगाए।

त्यस्ता सामग्रीको भ्रममा नपर्न समेत सबैलाई आग्रह गरे। यसैबीच पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका युवा नेता टेकराज कठायतले कुनै मिडियाको  आडमा पत्रकारको खोलओढी पूर्बाग्रही ढंगले सामाजिक सञ्जालमा प्रस्तुत नहुन चेतावनी समेत दिए। 
 


 

More form the Internet

loading...