Suvadin, Home

मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने प्रधानमन्त्रीकाे जवाफ
गुठी विधेयक फिर्ता लिन नेकपाका जनप्रतिनिधिहरुकाे सुझाव

छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएका छन् । विधेयकमा भएका कमजोरीहरु संशोधनमार्फत सच्याउन सकिने भए पनि अहिले त्यस्तो माहौल नभएको भन्दै उनीहरु तत्काल विधेयक फिर्ता लिन नेतृत्वलाई आग्रह गरेका छन् ।

काठमाडाै‌, असार २ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केहीले भने स्थगन गर्न सुझाएका छन् ।

प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधि, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएका छन् । विधेयकमा भएका कमजोरीहरु संशोधनमार्फत सच्याउन सकिने भए पनि अहिले त्यस्तो माहौल नभएको भन्दै उनीहरु तत्काल विधेयक फिर्ता लिन नेतृत्वलाई आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बचन दिएका छन् । 


 

More form the Internet

loading...