Suvadin, Home

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि चारओटा सुविधासम्पन्न प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिसन लिएको तथा मापदन्ड नपुगेका भ्यान खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै बिहीबार उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

काठमाडौं, असार ५ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि चारओटा सुविधासम्पन्न प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिसन लिएको तथा मापदन्ड नपुगेका भ्यान खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै बिहीबार उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

विभागका महानिर्देशकसहित १२ जना कर्मचारी र मोबाइल भ्यान आपूर्ति गर्ने निजी कम्पनीबाट एक अर्ब २८ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम असुल गर्नुपर्ने दाबी पनि अख्तियारले गरेको छ ।

 

 

 


 

More form the Internet

loading...