Suvadin, Home

गुठी विधेयक खारेजीको माग गर्दै न्यूयोर्क र क्यानाडामा प्रदर्शन

वल्र्ड नेवाः अर्गनाईजेसनमका अध्यक्ष सिजन श्रेष्ठले विश्वभरी रहेको नेपालीले विधेयक खारेज गर्न सरकारलाई दबाब दिन आन्दोलन गर्ने बताउन्दै मौलिक गुठी परम्परालाई विश्व सम्पदा सुचीमा राख्ने यूनेस्कोको मुख्यालय, न्यूयोर्कमा छलफल र पहल गर्ने बताए । नेवाः गुठीका उपाध्यक्ष विजयमान सिंहले अब विश्व भरका नेपाली असंवैधानिक गुठी विधेयक खारेज गर्ने एक भई संर्घष गर्ने बताए ।

Experts Commentary

Sb Saud |

काठमाडौं,असार ८ -  गुठी विधेयकको खारेजीको माग गर्दै विदेशमा रहेको नेपालीहरु पनि सडकमा विरोध प्रदर्शन गर्न थालेको छन् । अमेरिकाको न्यूयोर्क स्थित डाईभरसिटी प्लाजामा उनीहरुले गृहमन्त्री, संचार र भूमि सुधार मन्त्रीले माफी मागी राजीनामा दिनुपर्ने माग गरेको छन् ।

नेवाः गुठी न्यूयोर्क र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गरेको विरोध सभामा सरकारले विधेयक फिर्ता नगरेको अन्तराष्ट्रिय रुपमा नै आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

वल्र्ड नेवाः अर्गनाईजेसनमका अध्यक्ष सिजन श्रेष्ठले विश्वभरी रहेको नेपालीले विधेयक खारेज गर्न सरकारलाई दबाब दिन आन्दोलन गर्ने बताउन्दै मौलिक गुठी परम्परालाई विश्व सम्पदा सुचीमा राख्ने यूनेस्कोको मुख्यालय, न्यूयोर्कमा छलफल र पहल गर्ने बताए । नेवाः गुठीका उपाध्यक्ष विजयमान सिंहले अब विश्व भरका नेपाली असंवैधानिक गुठी विधेयक खारेज गर्ने एक भई संर्घष गर्ने बताए ।

यसैबीच क्यानाडामा रहेको नेपालीहरुले पनि गुठी विधेयकको खारेजीको माग गर्दे विरोध प्रदर्शन गरेको छन् । क्यानेडियन नेवाः गुठीले गुठी विधेयकको विरोध गर्दै सरकारलाई चाँडै विधेयक खारेज गर्न र नभए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएको छ । 


 

More form the Internet

loading...