Suvadin, Home

सहमतिबाट पछाडि फर्कन सकिन्न: प्रचण्ड

नेकपा चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता गर्दा तयार गरिएको पार्टीको सिद्धान्त, विधान र हस्ताक्षरित दस्तावेजबाट कोही पनि पछाडि फर्किन अब सम्भव छैन । फर्किए दुर्भाग्य हुन्छ ।’

चितवन, असार ९ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताका क्रममा भएका सहमतिहरुबाट कोही पनि पछाडि फर्कन नसक्ने दाबी गरेका छन् । पछिल्लो समय ‘जनताको बहुदलीय जनवाद’बारे बहस भइरहेका बेला प्रचण्डले पार्टी एकता गर्दाका सहमतिबाट पछाडि फर्किए दुर्भाग्य हुने बताएका हुन् ।

नेकपा चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता गर्दा तयार गरिएको पार्टीको सिद्धान्त, विधान र हस्ताक्षरित दस्तावेजबाट कोही पनि पछाडि फर्किन अब सम्भव छैन । फर्किए दुर्भाग्य हुन्छ ।’

कोही पार्टी एकताको भावनाबाट बिचलित हुन खोजे नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने उनले बताए । पार्टी एकता प्रक्रिया लगभग टुंग्गिएको बताउँदै प्रचण्डले निकट भविश्यमै बाँकी कमिटीहरु पनि बन्ने बताए ।


 

More form the Internet

loading...