काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, नेविसंघ भंग गरिने

काठमाडौं,२८ माघ-नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नका लागि सोमवार केन्द्रीय समिति बैठक बस्न लागेको हो।
बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागेको हो। संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तदर्थ समितिमा जोड दिएपछि वर्तमान कार्य समिति भंग हुन लागेको हो।
कृष्ण प्रसाद सिटौला समूह भने यही कार्यसमितिलाई केही महिना थप गरी १२ औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा छ।
दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न वर्तमान कार्यसमितिले नसकेपछि पार्टीका दुई समूह भङ्ग गर्ने पक्षमा देखिएका हुन्।
माघ १० गतेदेखि जारी बैठक सरकार विरोधी मुद्दामा केन्द्रित भएपछि कार्यकाल सकिएको संघका बारेमा छलफल हुन सकेको थिएन।
११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महासमितिबाट टुंग्याउन बाँकी रहेका दुई प्रस्तावका विषयमा पनि छलफल कांग्रेसले जनाएको छ।