Suvadin, Home

Cover Image

औद्योगिक क्षेत्रको विकासमा सबैलाई लाग्न राज्यमन्त्री रावलको जोड 

कैलालीको लम्कीचुहा-८ गप्कामा सञ्चालनमा आएको सगरमाथा जडिबुटी प्रशोधन उद्योगको उद्घाटन गदै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रावलले प्रदेशमा रहेको जडिबुटीलाई सहि सदुपयोग गर्न सके प्रदेश सम्बृद्धको बाटोमा उन्मुखहुन धेरै समय नलाग्ने बताए।
उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रावल।

लोक देउवा 
लम्की,२९ माघ -
सुदूरपश्चिम प्रदेशलाई सम्बृद्ध प्रदेश बनाउन औद्योगिक क्षेत्रको विकासमा सबै लाग्नु पर्ने उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले जोड दिएका छन्र।

 कैलालीको लम्कीचुहा-८ गप्कामा सञ्चालनमा आएको सगरमाथा जडिबुटी प्रशोधन उद्योगको उद्घाटन गदै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रावलले प्रदेशमा रहेको जडिबुटीलाई सहि सदुपयोग गर्न सके प्रदेश सम्बृद्धको बाटोमा उन्मुखहुन धेरै समय नलाग्ने बताए।

लम्कीचुहामा सञ्सचालनमा आएको जडिबुटी उद्योगले यस क्षेत्रका किसानलाई आयआर्जनमा बृद्धि गर्न सहयोग पुर्याउनेमा समेत मन्त्री रावलले विश्वास ब्यक्त गरे। 

उद्योग उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद रतन थापाले नयाँ कामको थालनी गर्दा शुरुमा केही जटीलता भएपनि पछिको लागि राम्रो हुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्य बहादुर थापाले यस क्षेत्रमा सञ्चालन जडिबुटी प्रशोधन उद्योग सञ्चालनमा आउनु खुसिको कुरा भएको बताउदै  किसानको जिविकोपार्जनमा समेत यसले सहयोग गर्ने बताए।

कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिककाका नगर प्रमुख महादेव बजगाईले जडिबुटी उद्योगलाई अगाडि बढाउन पआफुले सक्दो सहयोग गर्ने बताए। नगर प्रमुख बजगाईले उद्योगको स्थापना संगै यस क्षेत्रको विकासमा एक ईट्टा थपिएको बताउदै उद्योगले जनतालाई प्रत्यक्ष लाभहुने गरी उत्पादन मुखि हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा किसान तथा सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य कोकिला देवलले वनमा खेर गैरहेको जडीबुट्टीलाई उद्योगले संकलन गरी खपत गरी दिए यस क्षेत्रका थुप्रै किसानले रोजगार पाउने बताइन्। 

लम्कीचुहा नगरपालिका वडा नम्बर ८ गप्कामा सञ्चालन आएको सगरमाथा जडिबुटी प्रशोधन उद्योग करीब १ करोड ५० लाखको लागतमा स्थापना गरीएको सञ्चालक सदस्य खडानन्द सापकोटाले जानकारी दिए।

बिभिन्न जडिबुटी तथा प्राकृतिक भारपात बाट आयुर्वेदिक तेल उत्पादन गर्ने प्रशोधन उद्योगको दिनमा ५ लिटर सम्म उत्पादन गर्ने क्षमता रहेको छ।

उद्योगले मेन्था, केनामाईल, लिपटीस लगायतका बिभिन्न जडिबुट्टी बाट प्रशोधित तेल निकाली देशका बिभिन्न भाग तथा विदेशमा समेत निर्यात गर्ने उद्देश्य रहेको उद्योग सञ्चालक सापकोटाले जानकारी दिए। 


 

More form the Internet

loading...