Suvadin, Home

इरानद्वारा यूरेनियम उत्पादन बढाउने घोषणा

अमेरिकाले सन् २०१८ मा एकल फैसला लिँदै परमाणु सम्झौता तोडेको थियो । त्यसपछि अमेरिकाले इरानमाथि कयौँ कडा प्रतिबन्ध लगाइसकेको छ । इरानले गएको मे महिनामा यूरेनियमको उत्पादन सुरु गरेको थियो । 

एजेन्सि, असार २२ - इरानले सन् २०१५ को परमाणु सम्झौता अनुसार, यूरेनियम उत्पादनको सीमा तोड्ने घोषणा गरेको छ ।  इरानका उपविदेश मन्त्री अब्बास अरागचीले भने, ‘इरान अझै पनि परमाणु सम्झौता बनाइरहन चाहन्छ तर युरोपेली देशहरु आफ्नो प्रतिबद्धताबाट पछि हटिरहेका छन् ।’

अमेरिकाले सन् २०१८ मा एकल फैसला लिँदै परमाणु सम्झौता तोडेको थियो । त्यसपछि अमेरिकाले इरानमाथि कयौँ कडा प्रतिबन्ध लगाइसकेको छ । इरानले गएको मे महिनामा यूरेनियमको उत्पादन सुरु गरेको थियो । 

यूरेनियम ऊर्जा पैदा गर्न र परमाणु हतियार बनाउन प्रयोग गर्न सकिन्छ । शर्त अनुसार, इरानसँग जति यूरेनियम हुनुपर्दथ्यो योभन्दा अघि नै धेरै छ । 


 

More form the Internet

loading...