Suvadin, Home

महाधिवेशनले सहमतिबाटै पार्टी नेतृत्व चुन्‍नेछः प्रचण्ड

नेकपा शीर्ष नेतृत्वबीच भएको सहमतिबारे प्रचण्डले भने, - हामीले जेठ ३ गते मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकताको घोषणा गरेका थियौँ। त्यो घोषणा गर्दा बडो सोचविचार गरेर त्यहाँ एउटा सहमति गरिएको छ र त्यसमा सबै शीर्ष नेतृत्वको हस्ताक्षर छ।' यो भूमिकापछि प्रचण्डले भने, - 'आउने महाधिवेशन पार्टीको एकताको महाधिवेशन हुनेछ।' 

काठमाडाै‍‌, असार २२ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आगामी महाधिवेशनमा नेतृत्व सहमति र समझदारीबाट आउने अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

नेकपाका शीर्ष नेतृत्वले हस्ताक्षर गरेर नै उक्त सहमति गरिएको अध्यक्ष प्रचण्डले बताएका हुन्। नेकपा निकट नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन समारोहलाई आइतबार भक्तपुरको बोडेमा सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

नेकपा शीर्ष नेतृत्वबीच भएको सहमतिबारे प्रचण्डले भने, - हामीले जेठ ३ गते मदन-आश्रित स्मृति दिवसको दिन पार्टी एकताको घोषणा गरेका थियौँ। त्यो घोषणा गर्दा बडो सोचविचार गरेर त्यहाँ एउटा सहमति गरिएको छ र त्यसमा सबै शीर्ष नेतृत्वको हस्ताक्षर छ।' यो भूमिकापछि प्रचण्डले भने, - 'आउने महाधिवेशन पार्टीको एकताको महाधिवेशन हुनेछ।' 

आउने अधिवेशनमा विचार, राजनीति र नेतृत्वसम्बन्धी निर्णय सहमति र समझदारीबाट गर्ने सहमति भएको उनको भनाई छ। 

 


 

More form the Internet

loading...