Suvadin, Home

Cover Image

भारतको सबै चिजमा विषादी देख्‍ने तरिका ठीक होइनः कृषिमन्त्री 

बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री खनालले आर्थिक वर्ष २०७५/७६ परीक्षण गरिएका १९ सय स्याम्पलमध्ये केबल २ मा मात्रै ग्रीन जोन भन्दा माथिल्लो तहमा विषादी देखिएको जिकिर गरे।

काठमाडौं, असार २६ - कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले भारतबाट आउने सबै चिजमा विषादी मात्रै देख्‍नु वैज्ञानिक नहुने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री खनालले आर्थिक वर्ष २०७५/७६ परीक्षण गरिएका १९ सय स्याम्पलमध्ये केबल २ मा मात्रै ग्रीन जोन भन्दा माथिल्लो तहमा विषादी देखिएको जिकिर गरे।

हामीले यो वर्ष ७५/७६ मा १९०० स्याम्पल परीक्षण गर्दा २ वटामा मात्रै ग्रिन जोन भन्दा माथिसम्मको विषादी भेटिएको छ। खतराका सूचक एल्लो र रेड जोनसम्म विषादी भेटिएन', उनले भने, 'तर अहिले भने जस्तो खान नहुने भनिएको हल्लामा कुनै सत्यता छैन । 

नेपालमा अहिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याब नरहेकाले समस्या भएको उनले सुनाए ।  विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटको लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाईसकेको पनि उनले जनाए ।

 

 


 

More form the Internet

loading...