Suvadin, Home

Cover Image

प्रगति विवरण माग
सिंहदरबारमा २३ मन्त्री र सचिवसँग छलफलमा व्यस्त प्रधानमन्त्री  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आजदेखि सुरु भएको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवसँग मन्त्रालयगत प्रगति विवरण माग गरेका हुन्।  बैठकमा स्वयं प्रधानमन्त्री समेत उपस्थित रहेका छन् ।

काठमाडाै‌, असार २६ - पछिल्लो समय सरकारको काम कारवाहीलाइ लिएर सडकदेखि सदनमा असन्तुष्टि व्यक्त भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयसँग प्रगति विवरण माग गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आजदेखि सुरु भएको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवसँग मन्त्रालयगत प्रगति विवरण माग गरेका हुन्।  बैठकमा स्वयं प्रधानमन्त्री समेत उपस्थित रहेका छन्। बैठक बिहान ११ः१५ देखि  जारी छ । 

अघिल्लो वर्षको नीति तथा कार्यक्रमसँग जोडेर मन्त्रालयलले के कति काम गर्यो सो को प्रगति थाहा पाउने उद्देश्यले बैठक बसेको हो। मन्त्रिपरिषद कार्यालयका अनुसार बैठकमा २३ वटै मन्त्रालयको प्रगति विवरण पेश हुने भएको छ। 


 

More form the Internet

loading...