Suvadin, Home

Cover Image

विप्लव नेकपाको धारणा सार्वजनिकः प्रहरीको प्रतिरोधका क्रममा निरकुमारको मृत्यु

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए । विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक सञ्जिव भएको दाबी गरिएको छ ।

काठमाडाै, असार २६ - सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को मृत्यु भएको दाबी गरिएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको  नेकपाले भोजपुर गोलीकाण्डबारे बिहीबार धारणा सार्वजनिक गरेको हाे ।

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए । विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक सञ्जिव भएको दाबी गरिएको छ ।

उनको टोलीसँग समगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगाका सेक्रेटरी निरकुमारको परिवारसँग भेटघाट गरेर फर्किने क्रममा जम्काभेट भएको उल्लेख छ ।  


 

More form the Internet

loading...