Suvadin, Home
Citizen Bank 806.4k

Cover Image

राष्ट्रियसभा बैठक शुरु(लाइभ)

राष्ट्रियसभा सदस्य विन्दा देवी आले मगरले चितवन र झापामा मात्रै धेरै बजेट विनियोजन भएको भन्दै बजेट विनियोजन गर्दा नेता विशेषको प्राथमिकताको प्रभावबाट मुक्त हुन सरकारको ध्यानाकर्षण गराए। 

काठमाडौं,२९ माघ- राष्ट्रियसभा बैठक शुरु भएको छ। बैठकमा सांसदहरूले बोल्ने क्रम जारी छ।राष्ट्रियसभा सदस्य रामप्रित पासवानले दलित आयोगका अध्यक्ष र पदाधिकारी नियुक्त गर्न ढिलाई भएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले अबिलम्ब दलित आयोग गठन गरि सबै जात जातिको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे। 

सांसद बिमला राई पौड्यालले संसद सचिवालयमा पानी पिउनका  लागि राखिएका प्लाष्टिकका गिलास हटाई कागजको गिलास प्रयोगमा ल्याउन सचिवालयको ध्यानाकर्षण गराइन्। 

अर्का सांसद हरिचरण शिवाकोटीलेले मुलुकभरका क्रशर उद्योगहरुलाई अनुगमन गरि तत्काल मापदण्ड भित्र राख्न माग गरे। 

 


 

More form the Internet

loading...