Suvadin, Home

विप्लव नेकपासँग वार्ताका लागि प्रधानमन्त्रीकाे सक्रियता

नख्खु प्रकरणपछि विप्लवलाई आतंककारीको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी र पूर्वएमालेका नेताहरूलाई सम्पर्क सूत्रका रूपमा प्रयोग गरेर वार्ताको कोशिस गरिरहेका छन्।  

काठमाडाै, असार ३१ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि सरकारले प्रयास थालेको छ। नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा एकजनाको ज्यान जाने गरी विस्फोट गराएपछि सरकारले प्रतिबन्ध लगाएको विप्लवको नेकपासँग वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय भएका हुन्।  

नख्खु प्रकरणपछि विप्लवलाई आतंककारीको संज्ञा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी र पूर्वएमालेका नेताहरूलाई सम्पर्क सूत्रका रूपमा प्रयोग गरेर वार्ताको कोशिस गरिरहेका स्रोतले बताएको छ । 

पूर्वमाओवादीका लडाकु र युवापंक्तिसहित भूमिगत जीवन बिताइरहेका विप्लवसँग सम्पर्क स्थापित गर्नैका लागि ओलीले नेकपा महासचिव विष्णु पौडेललाई समेत खटाएका छन्। सम्पर्क सूत्रका रूपमा विष्णु पौडेल, नेकपा नेता जनार्दन शर्मा, सरकारी वार्ता टोलीका संयोजक सांसद सोमप्रसाद पाण्डेलाई प्रधाननमन्त्रीले खटाएका हुन्। 

 


 

More form the Internet

loading...