Suvadin, Home

विप्लव नेकपाको घोषणा: साउन ७ देखि सरकारी गाडी गुड्न नदिने

यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ,' मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन्, 'राजनीतिक लडाइँको मोर्चामा हारेको सत्ताले हाम्रा नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना र हत्याका घटना गराएको छ ।

काठमाडौं, साउन २ - सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ । 

विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सरकारी गाडीहरु सडकमा गुड्न नदिने घोषणा गरेका हुन् । ‘हाम्रो पार्टी एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनका साथ अगाडि बढिरहेको छ।

यस प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको छ,' मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन्, 'राजनीतिक लडाइँको मोर्चामा हारेको सत्ताले हाम्रा नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना र हत्याका घटना गराएको छ ।

यसरी हाम्रो आन्दोलनलाई ठेगान लगाउन नसकेपछि वार्ताको भ्रमपूर्ण प्रचारसहित अरू दमनको तयारी गरिरहेको छ ।’ वीरजंगले जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगएका छन् । गाउँ गाउँमा सिंहदरबारको नाममा चर्को कर अुसली र दमन अभियान चलाइएकाले प्रतिरोधमा उत्रिनुपरेको उनले बताएका छन्।
 

 


 

More form the Internet

loading...