Suvadin, Home
नेकपाको केन्द्रीय कार्यलयका तर्फबाट गरेको निमन्त्रणा पत्रअनुसार उक्त कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र सहभागी हुने उल्लेख गरिएको छ।

काठमाडौं,१ फाल्गुन-नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले जनयुद्ध दिवस मनाउने भएको छ। तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो। तर, तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले एक भएपछि संयुक्त रूपमा दिवस मनाउन लागिएको हो।

नेकपाको केन्द्रीय कार्यलयका तर्फबाट गरेको निमन्त्रणा पत्रअनुसार उक्त कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र सहभागी हुने उल्लेख गरिएको छ।प्रधानमन्त्री केपी ओली भने पार्टी कार्यालयको कार्यक्रममा सहभागी नभई अन्य सरकारी कार्यक्रममा सहभागी हुने  बताइएको छ।


 

More form the Internet

loading...