Suvadin, Home

नेकपाका सचिवालय सदस्यले पाए राेजेकै विभाग

बिहीबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पूर्वएमालेका तर्फका सचिवालय सदस्यको बैठकले सचिवालय सदस्य बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिने सहमति गरेको हो।

काठमाडाै‌, साउन ३ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रका महत्वपूर्ण छ विभागमध्ये चार विभागले प्रमुख पाएको छ। पूर्वएमालेको भागमा परेको संगठन विभाग, स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको प्रमुख तोकिएको हो।

बिहीबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पूर्वएमालेका तर्फका सचिवालय सदस्यको बैठकले सचिवालय सदस्य बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिने सहमति गरेको हो।

स्कुल विभागमा अर्का सचिवालय सदस्य ईश्वर पोखरेललाई पठाउने निर्णय भएको हो भने सचिवालय सदस्य माधव कुमार नेपाललाई विदेश विभागको जिम्मेवारी दिइएको छ। नीति तथा प्रतिष्ठान विभाग भने सचिवालय सदस्य झलनाथ खनालले सम्हाल्ने भएका छन्।

नेकपामा ३२ केन्द्रीय विभाग छ। तीमध्ये १८ वटा पूर्वएमालेको भागमा छ भने बाँकी पूर्वमाओवादी केन्द्रले पाएको छ।

‘चार वटा विभागले नेतृत्व पायो। अरु विभागमा पनि नेतृत्व पठाउनेबारे छलफल भइराखेको छ,’ एक सचिवालय सदस्यले भने, ‘छिट्टै सबै विभागले पूर्णता पाउँछ।’

पार्टी अध्यक्ष र महासचिवले विभागको नेतृत्व नलिने नेकपामा पूर्वसहमति छ। जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेलले कुनै विभागको नेतृत्व गर्ने छैनन् । पौडेलले आर्थिक विभागमा इच्छा देखाएको भए पनि भागबन्डा गर्दा त्यो विभाग पूर्वमाओवादीको भागमा परेको छ। पूर्वमाओवादीले आर्थिक र प्रचार विभागमा एउटामा पनि नेतृत्व छान्न सकेको छैन। 


 

More form the Internet

loading...