Suvadin, Home

Cover Image

काठमाडौं महानगरमा घरबहाल सम्झौता अनिवार्य

आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि ‘पूर्वाधार विकास वर्ष’ हुने बताए ।

काठमाडाै‌, साउन ५ - काठमाडौं महानगरको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित भएको छ । महानगरको पाँचौ नगरसभाको बैठकले केही दिनअघि नै पारित गरेको भए पनि बुधबार महानगरले पत्रकार सम्मेलन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि ‘पूर्वाधार विकास वर्ष’ हुने बताए ।

महानगरले आफ्नो क्षेत्रमा भित्रने सवारीसाधनहरुलाई नाकामा धोएर मात्रै प्रवेश दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ  । काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदूषणलाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरुमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

साझा यातायात सहकारी संस्थासँगको सहकार्यलाई निरन्तरता दिने साथै सार्वजनिक यातायातका ठूला तथा विद्युतीय सवारी साधनहरुलाई प्रोत्साहित गर्ने महानगरको योजना छ ।

प्रदूषण एवं धुँवा धुलोलाई न्यूनीकरण गरी नो मास्क सीटीका रुपमा विकास गर्नका लागि बु्रमरको प्रयोगलाई प्रभावकारी बनाउने र आवश्यकताअनुसार थप गर्ने पनि नीति महानगरले लिएको छ । आगामी आर्थिक वर्षमै प्लाष्टिक झोलामुक्त शहर घोषणा गरिनेसमेत महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 


 

More form the Internet

loading...