Suvadin, Home

बालुवाटारमा शुरु भयाे नेकपा सचिवालय बैठक

सचिवालय बैठकबाट जिल्ला इन्चार्जहरू, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्चलगायतका विषय टुंगो लगाउने तयारी छ।  ३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ।

काठमाडौं, साउन ५ -  सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ।

सचिवालय बैठकबाट जिल्ला इन्चार्जहरू, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्चलगायतका विषय टुंगो लगाउने तयारी छ ।  ३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ।

बैठकअघि पूर्व माओवादी नेताहरूको बैठक बसेको थियो। बिहान ७ बजेदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित  निवसमा आफूले पाएका विभागका नेतृत्वबारे छलफल भएको थियो।

पूर्व एमाले नेताहरूको पनि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो। पूर्व एमालेले पाएको संगठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल र नीति अध्ययनमा झलनाथ खनाललाई लैजाने सहमति भएको छ। 

 


 

More form the Internet

loading...