Suvadin, Home

कांग्रेसकाे महाधिवेशन प्रतिनिधिको प्रशिक्षण साउन १६ गतेदेखि

प्रतिष्ठानले डा.जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । समिति सदस्यहरुमा डा. आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन् । त्यस्तै तारानाथ दाहालको संयोजक, भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य रहने गरी निर्देशिका निर्माण समिति गठन गरिएको छ ।

काठमाडौं, साउन - ५  नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन् ।

प्रतिष्ठानले डा.जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । समिति सदस्यहरुमा डा. आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन् । त्यस्तै तारानाथ दाहालको संयोजक, भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य रहने गरी निर्देशिका निर्माण समिति गठन गरिएको छ ।

स्रोत व्यवस्थापन समितिमा खिलानाथ दाहाल संयोजक र सदस्यहरुमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल चयन भएका छन् । प्रतिष्ठानले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।


 

More form the Internet

loading...