Suvadin, Home

Cover Image

नेकपाले टुंग्यायो ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्ज

काठमाडौं, साउन ५ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ।  

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।   सचिवालयले टुंगो लगाएका जिल्ला इन्चार्ज-सहइन्चार्जको नाम आजै पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने भएको छ।  

यस्तै आजै ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्जहरु तोकिएको नेकपा स्रोतले जनाएको छ । पर्सी  धुम्बाराहीमा पुनः सचिवालयको बैठक बसेर विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाईने जनाईएको छ ।  

 


 

More form the Internet

loading...