Suvadin, Home

प्रदेश-३: मुख्यन्यायाधिवक्ता थपलियाले लिए शपथ

आइतबार उच्च अदालत पाटनका मुख्यन्यायाधीश कुमबहादुर चुडालले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरुको उपस्थितिमा शपथ भएको हो।

हेटौंडा, साउन १२ - प्रदेश–३ को मुख्यन्यायाधिवक्तामा ओमप्रसाद थपलियाले शपथ लिएका छन्। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त मुख्यन्यायधिवतक्तामा थपलियालाई साउन ८ गते प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए।

आइतबार उच्च अदालत पाटनका मुख्यन्यायाधीश कुमबहादुर चुडालले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरुको उपस्थितिमा शपथ भएको हो।

२०४४ सालदेखि नै अधिवक्ताबाट कानुनी क्षेत्रमा लागेका थपलिया २०४८ सालबाट अधिवक्ताको रूपमा वकालत पेसामा आवद्ध रहेका छन्। उनी २०७४ सालमा वरिष्ठ अधिवक्तासमेत भएका थिए। यसअघि प्रदेश तीनको मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेलाई पार्टीको रुलिङ विपरीतकाम गरेको भन्दै राजीनामा दिन लगाइएको थियो। 
 


 

More form the Internet

loading...