Suvadin, Home

सभामुखले बोलाए सर्वदलीय बैठक

'भोलि १२ बजे सर्वदलीय बैठक बोलाएको छु। सदनमा भएको अवरोधमा मिल्नै नसक्ने विषय छैन। सत्तापक्ष र प्रतिपक्ष थोरै लचिलो भए मिल्छु, उनले भने,-'प्रधानमन्त्रीसँग पनि परामर्शमा गरिरहेको छु। त्यसैले भोलिको बैकठबाट केही निष्कर्ष निस्किन्छ कि भन्‍ने छ।' 

काठमाडाै‍, साउन १५ - संसदको अवरोध नहटेपछि सभामुख कृष्णबहादुर महराले बिहीबार दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका छन्। पटकपटक संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अवरोध गरेपछि सभामुख महराले निकासको उपायो खोज्न सर्वदलीय बैठक बोलाएका हुन्। 

कांग्रेस-राजपा अवरोधले स‌ंसद रोकिएपछि सिंहदरबारस्थित आफ्नो च्याम्बरमा पत्रकारहरूसँग कुरा गर्दै महराले सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिएका हुन्।

'भोलि १२ बजे सर्वदलीय बैठक बोलाएको छु। सदनमा भएको अवरोधमा मिल्नै नसक्ने विषय छैन। सत्तापक्ष र प्रतिपक्ष थोरै लचिलो भए मिल्छु, उनले भने,-'प्रधानमन्त्रीसँग पनि परामर्शमा गरिरहेको छु। त्यसैले भोलिको बैकठबाट केही निष्कर्ष निस्किन्छ कि भन्‍ने छ।' 

सभामुख महराले संसदमा रहेका सबै दलका नेताहरूसँग छलफल भइरहेको पनि जानकारी दिए। पटक पटक छलफलबाट पनि कांग्रेस(राजपा पछि नहट्दा संसदमा जटिलता बढेको छ। 

 


 

More form the Internet

loading...