Suvadin, Home

राष्ट्रपतिको राजकीय भ्रमण, कुन रूटमा हुनेछ सर्वसाधारणलाई सास्ती ?

चीनमा हुन लागेको दोस्रो बीआरआई सम्मेलनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । राष्ट्रपतिको सवारी हुँदा पुरै सडक खाली गराउने गरिन्छ । राष्ट्रपतिको विमानस्थल जान प्रयोग हुने रूटमा जनताले सास्ती व्यहोर्नु परेको छ । 

काठमाडौं । चीनमा हुन लागेको दोस्रो बीआरआई सम्मेलनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । राष्ट्रपतिको सवारी हुँदा पुरै सडक खाली गराउने गरिन्छ। राष्ट्रपतिको विमानस्थल जान प्रयोग हुने रूटमा जनताले सास्ती व्यहोर्नु परेको छ । 

राष्ट्रपतिको सवारीमा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको भन्‍ने  गुनासो बढेपछि गृहमन्त्रालयले राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरेको जनाएको छ ।

यसअघि, राष्ट्रपति राजकीय भ्रमणमा निस्कँदा प्रयोग हुँदै आएको रूट शीतलनिवास हुँदै लाजिम्पाट, केशरमहल दरवारमार्गको दक्षिणगेट, भद्रकाली ,सिंहदरवार, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगलबाट  एयरपोर्ट सडक प्रयोग हुने गरेको थियो ।

तर, यसपटक भने सो रुट परिवर्तन गरिएको छ । परिवर्तित सवारी रुट शीतलनिवास, शिवपुरी स्कुल, बालुवाटार, भाटभटे्नी लोत्से, रातोपुल, गौशाला हुँदै एयरपोर्ट पुग्‍ने व्यवस्था गरिएको छ ।

पछिल्लो सवारी रुटका कारण चाबहिल र गौशाला क्षेत्रमा सर्वासाधारणले सास्ती व्यहोर्नु पर्नेछ ।


 

More form the Internet

loading...