Suvadin, Home

एकताका लागि समाजवादी पार्टीसँगै राजपाको एउटै शर्त : सरकार छोड्नुपर्ने

काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालले वैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपालसँग पनि एकिकरणको प्रयास थालेको छ ।

राजपाले समाजवादी पार्टी नेपालसँग एकीकरणमा जान पहिला समाजवादी पार्टी नेपालका नेताहरुले सरकार छाड्नुपर्ने सर्त अघि सारेको छ ।

नयाँ शक्ति पार्टी र समाजवादी पार्टीबीच गत बैशाख २३मा भएको एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालले पार्टीलाई थप सशक्त बनाउन राजपासँग छलफल शुरु गरेको छ ।

समाजवादी पार्टीका महासचिव एवं वार्ता टोलीका सदस्य रामसहाय यादवले नयाँ शक्ति र फोरम नेपालबीच एकीकरणसँगै राजपासँग पनि एकीकरण गरी वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा आफुहरु रहेको बताए । समाजवादी पार्टीले अघि सारेको वैकल्पिक शक्ति निर्माण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्ना बिचारहरु मिलाएर अघि बढ्ने पार्टीसँग एकीकरणको लागि आफ्नो पार्टीले ढोका सधै खुल्ला राखेको बताए ।

महासचिव यादवले दुई पार्टी एकीकरणका लागि अनौपचारिक छलफल शुरु भएको र छिट्टै नै औपचारिक रूपमा पनि छलफल सुरु गर्ने टुंगोमा पुग्ने बताए ।यस अघि राजपा नेपालसँग नयाँ शक्ति र फोरमबीच एकीकरण हुने प्रक्रियामा जाँदा एकैचोटी समेटिन आग्रह गर्दा पनि राजपाले सरकार छाडेमात्र सम्भव हुने अडान राख्दै आएको थियो ।

यद्यपी अहिले दुवै दलले एकीकरणका लागि सकारात्मक रहेको बताउँदै आएका छन् ।


 

More form the Internet

loading...