Suvadin, Home

Cover Image

न्यायालय गम्भीर मोडमा, न्यायाधीशहरु चिन्तित

साउन २४ मा सम्पन्न भएको पूर्वन्यायाधीश फोरम नेपालको साधारण सभामा उनीहरुले न्यायालयको छवि उँचो गराउन ढिला भइसकेको औल्याएका हुन्। न्यायपालिकाको छवीमा ह्रास आएकोले जनआस्था उकास्नमा पूर्वन्यायाधीशहरु सक्रिय हुन फोरमका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आव्हान गरे। अर्का पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद शाहले गलत न्यायाधीश नियुक्ति र गलत फैसलाका कारण न्यायापालिकाको छविमा स्खलन आएको औल्याए। 

काठमाडौं, साउन २८ - न्यायालयमा विकृति र विसंगति अचाक्लीसँग बढेका औल्याउँदै केही पूर्वप्रधान न्यायाधीशहरुले न्यायालय गम्भिर मोडमा पुगेको निष्कर्ष निकालेका छन्। न्यायालयका नियुक्ति तथा काम कारबाहीका कारण न्यायालय गम्भिर मोडमा पुगेको उनीहरुको निष्कर्ष छ ।

न्यायालयको छविमा ह्रास आएकोले आफूहरु भूतपूर्व भैसकेपनि सरोकारवालाहरुसँग बसेर न्यायालयको जनआस्था बढाउने विषयमा पहलकदमी लिनुपर्ने अवस्था पनि उनीहरुले औल्याएका छन्। साउन २४ मा सम्पन्न भएको पूर्वन्यायाधीश फोरम नेपालको साधारण सभामा उनीहरुले न्यायालयको छवि उँचो गराउन ढिला भइसकेको औल्याएका हुन् ।

न्यायपालिकाको छवीमा ह्रास आएकोले जनआस्था उकास्नमा पूर्वन्यायाधीशहरु सक्रिय हुन फोरमका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आव्हान गरे। अर्का पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद शाहले गलत न्यायाधीश नियुक्ति र गलत फैसलाका कारण न्यायापालिकाको छविमा स्खलन आएको औल्याए। 

पूर्वप्रधानान्यायाधीश दीलिप कुमार पौडेलले न्यायपालिकामा देखा परेका समस्याहरु समाधान गर्नमा आफूहरुको भूमिका अझै रहेको बताउँदै  पूर्वन्यायाधीशहरुको संस्था थप क्रियाशिल हुनुपर्ने औल्याए। न्यायालयको वर्तमान अवस्थाप्रति सबै सहभागी न्यायाधीश चिन्तित देखिएको संस्थाका महासचिव एवं पूर्वन्यायाधीश शभ्मु बहादुर खड्काद्धारा मंगलबार जारी वक्तव्यमा उल्लेख छ। 

पूर्वन्यायाधीश  कृष्णजङ्ग रायमाझीले न्यायपालिकाको छविमा स्खलन आएको कारण पूर्वन्यायाधीश हुँ भनेर सार्वजनिक स्थानमा परिचय दिन पनि गाह्रो भएको बताउँदै राजनीतिक पार्टीको गलत सोचको आाधारमा न्यायाधीश नियुक्ति हुने गरेको औल्याए।

पूर्वन्यायाधीश टोपबहादुर सिंहले न्यायपालिका कार्यपालिकाको छाँयाभित्र पर्न गएको औल्याउँदै राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति हुनु दुर्भाग्यपूर्ण रहेको बताए।   


 

More form the Internet

loading...