Suvadin, Home

सर्बोच्चले उल्ट्यायो राष्ट्र बैंकको निर्देशिका

नेपाल राष्ट्र बैंकले साउन २० गते परिपत्र जारी गर्दै सिइओ र सञ्चालकको उमेर हद तोकेको थियो । सो सँगै प्राइम बैंकका सिइओ नारायणदासको पद स्वतः गुमेको थियो । कानुन विपरित भएको भन्दै मानन्धरले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । अन्ततः सर्वोच्चले नेपाल राष्ट्र बैंकको निर्देशिका उल्टाउँदै उमेर पुगेर पद गुमाउनुपरेका सबै सिइओ र सञ्चालकको लागि बाटो खुला गरेको छ ।

काठमाडाै‌, साउन २८ - सर्वोच्च अदालतले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायादाश मानन्धरको पक्षमा फैसला  सुनाएको छ । आजै प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको सिइओको उमेर हद तोक्नु ऐन विपरित भएको ठहर गरेको छ । 

नेपाल राष्ट्र बैंकले साउन २० गते परिपत्र जारी गर्दै सिइओ र सञ्चालकको उमेर हद तोकेको थियो । सो सँगै प्राइम बैंकका सिइओ नारायणदासको पद स्वतः गुमेको थियो । कानुन विपरित भएको भन्दै मानन्धरले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । 

अन्ततः सर्वोच्चले नेपाल राष्ट्र बैंकको निर्देशिका उल्टाउँदै उमेर पुगेर पद गुमाउनुपरेका सबै सिइओ र सञ्चालकको लागि बाटो खुला गरेको छ । सर्वोच्चले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत निर्देशन दिएको छ । 


 

More form the Internet

loading...