Suvadin, Home

Cover Image

नेपाल–चीन संयुक्त सैन्य अभ्यास अनिश्चित

नेपाली सेनाको जंगीअड्डाका एक अधिकृतका अनुसार, सैन्य अभ्यासको मिति तय हुनुअगावै सम्बन्धित देशका सैन्य सहचारीसँग छलफल र समन्वय हुने गर्छ । तर, यो वर्ष नेपालमा हुने तय भएको सगरमाथा फ्रेण्डसिपको तेस्रो संस्करणको अभ्यासका लागि छलफल नै भएको छैन । ‘अगस्टमा अभ्यास हुने तय भए पनि अहिलेसम्म कुनै सुरसार देखिँदैन’, एक सैनिक अधिकृतले भने । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने सैन्य अभ्यासको तयारी भइरहेको बताए ।

काठमाडौं, साउन ३० - चिनियाँ जनमुक्ति सेनासँग नेपाली सेनाले हरेक वर्ष गर्दै आएको संयुक्त सैन्य अभ्यासको तेस्रो संस्करणको मिति अनिश्चित भएको छ । यसअघि साउन महिनामा संयुक्त अभ्यास हुने बताइए पनि चिनियाँ पक्षले मिति तय नगर्दा संयुक्त सैन्य अभ्यास अनिश्चित बनेको हो ।

नेपाली सेनाको जंगीअड्डाका एक अधिकृतका अनुसार, सैन्य अभ्यासको मिति तय हुनुअगावै सम्बन्धित देशका सैन्य सहचारीसँग छलफल र समन्वय हुने गर्छ । तर, यो वर्ष नेपालमा हुने तय भएको सगरमाथा फ्रेण्डसिपको तेस्रो संस्करणको अभ्यासका लागि छलफल नै भएको छैन । ‘अगस्टमा अभ्यास हुने तय भए पनि अहिलेसम्म कुनै सुरसार देखिँदैन’, एक सैनिक अधिकृतले भने । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने सैन्य अभ्यासको तयारी भइरहेको बताए ।

मिति तय गर्न नसक्नु भनेकै तयारीकै क्रममा रहनु हो, उनले भने । चिनियाँ सेनासँग ०७४ साल वैशाखदेखि नेपाली सेनाले संयुक्त सैन्य अभ्यास थालेको थियो । नुवाकोटमा भएको पहिलो अभ्यास १० दिनसम्म चलेको थियो भने सहभागीको संख्या सार्वजनिक गरिएको थिएन ।

यद्यपि, २० जनाभन्दा कम चिनियाँ सैनिकले अभ्यास गरेको स्रोत बताउँछ । नेपाली सेनाले विदेशी राष्ट्रसँग गर्दै आएको संयुक्त अभ्यास नेपाल र चीनमा आलोपालो आयोजना हुँदै आएको छ ।सोहीअनुरुप २०७५ सालमा चीनको सिचुआन राज्यमा सगरमाथा फ्रेण्डसीपको दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म भएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन र लगत्तै भएको उनको चीन भ्रमणका कारण दोस्रो संस्करणको अभ्यास ढिला भएको थियो । जसमा १६ जना सैनिक अधिकृत सहभागी भएका थिए ।

 


 

More form the Internet

loading...