Suvadin, Home

Cover Image

नेकपाको सचिवालय बैठक सुरू

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधवकुमार नेपाल, विष्णु पौडेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन्।

काठमाडौं, साउन ३१ - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधवकुमार नेपाल, विष्णु पौडेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन्।

बिहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर,  बैठक बिहान ११ बजेका लागि सारिएको थियो ।

बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने तथा स्कुल विभागको जिम्मेवारी तोक्ने छलफल हुने बताइएको छ। स्कूल विभागको जिम्मेवारी लिनका लागि रक्षा मन्त्री ईश्वर पोख्रेल, नारायणकाजी र घनश्याम भुसालले दाबी गर्दै आएका छन् ।


 

More form the Internet

loading...