Suvadin, Home

Cover Image

नेकपाले टुंग्यायो ३३ ओटै विभागको जिम्मेवारी, स्कुल विभाग ईश्वर पोखरेललाई

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश, झलनाथ खनाललाई नीति, अध्ययन प्रतिष्ठान, वामदेव गौतमलाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको हो । लामो समयदेखि विवादित बनेको स्कुल विभागको प्रमुख ईश्वर पोखरेललाई बनाइएको छ ।

काठमाडौं, साउन ३१ -  साउन ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मुख्य नेताहरुले नै विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश, झलनाथ खनाललाई नीति, अध्ययन प्रतिष्ठान, वामदेव गौतमलाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको हो । लामो समयदेखि विवादित बनेको स्कुल विभागको प्रमुख ईश्वर पोखरेललाई बनाइएको छ ।

हाल पार्टीले अंगीकार गरेको सिद्धान्तविपरीत ‘जबज’को वकालत गरेको भन्दै पूर्वमाओवादी केन्द्रपक्षले स्कुल विभागमा पोखरेलको विकल्प खोज्दा लामो समयदेखि विभाग गठनले मूर्तरुप पाउन सकेको थिएन ।

अन्ततः पूर्वमाओवादी केन्द्रपक्ष पोखरेललाई नै स्कुल विभाग प्रमुख मान्न तयार भएको हो । प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अर्थ तथा योजनामा सुरेन्द्र पाण्डे विभागीय प्रमुख बनेका छन् ।

शुक्रबार बसेको बैठकले ३३ ओटै विभागीय प्रमुखको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले सातै प्रदेशमा दुई/दुईजना सहइन्चार्ज पनि थप गरेको छ ।

पार्टी एकीकरणको बाँकी विषयको जिम्मेवारी तोक्ने विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक शनिबार अपराह्न फेरि बस्ने जनाइएको छ ।


 

More form the Internet

loading...