Suvadin, Home

गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध एकजुट हुन प्रधानमन्त्रीकाे आग्रह

बैठकमा ओलीले गणतन्त्र, संविधान, लोकतन्त्र संघीयतामाथि आक्रमण भइरहेको बताए । विभिन्न समूहबाट आक्रमणको प्रयत्न भएकाले यस निम्ति संघर्ष गर्न समझदारीसहित अघि पर्नेमा उनको जोड थियो । उनले भने,- ;देशमा हिंसात्मक गतिविधि हुन नदिन हामी सबै एक भएर अघि बढ्नुपर्छ। शान्ति स्थापना गरेर यहाँ आइपुगेपछि देशलाई फेरि हिंसामा लानु हुँदैन। यस्तो गतिविधि नहोस भन्नका लागि शान्ति दीगो बनाउन एक जुट हुनुपर्छ।'

काठमाडौं, भदौ ३ -  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ। बालुवाटारमा साँझदेखि बसेको बैठक सकिएको हाे। बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्त्व र शक्तिहरू सक्रिय भएको भन्दै चिन्ता जनाएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार प्रधानमन्त्रीले बैठकको सुरुमै दलहरूबीच सहकार्यको आवश्यकता औँल्याए।

बैठकमा ओलीले गणतन्त्र, संविधान, लोकतन्त्र संघीयतामाथि आक्रमण भइरहेको बताए ।  विभिन्न समूहबाट आक्रमणको प्रयत्न भएकाले यसका निम्ति संघर्ष गर्न समझदारीसहित अघि पर्नेमा उनको जोड थियो ।

उनले भने,- ;देशमा हिंसात्मक गतिविधि हुन नदिन हामी सबै एक भएर अघि बढ्नुपर्छ। शान्ति स्थापना गरेर यहाँ आइपुगेपछि देशलाई फेरि हिंसामा लानु हुँदैन। यस्तो गतिविधि नहोस भन्नका लागि शान्ति दीगो बनाउन एक जुट हुनुपर्छ।'

यसैबीच प्रधानमन्त्री ओली डेढ साता सिंगापुरमा रहनेभएका छन् । आज बसेको सर्वदलीय बैठकमा उनको सिंगापुर भ्रमणबारे छलफल भएको छ ।  उनी स्वास्थ्य उपचारका लागि ५ गते जाँदैछन् ।


 

More form the Internet

loading...