Suvadin, Home

Cover Image

पार्टीलाई एकढिक्का बनाउन खोज्दा पनि सहयोग पाईएनः देउवा

‘राणा शासण कांग्रेसले फाल्यो। पञ्चायती व्यवस्था फाल्यो। राजा फाल्यो। अव कम्युनिष्ट फाल्नुपर्छ’, उनले भने। वर्तमान सरकारले राज्यका सबै अंग आफ्नो हातमा लिएर कम्युनिष्ट ‘स्टेट’ बनाउन खोजेको उनले आरोप लगाए। सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको भन्दै उनले यही मौकामा कांग्रेसले मुलुकको नेतृत्व गर्ने र कम्युनिष्ट सिध्याउने गरी चनाखो हुनुपर्ने बताए। देउवाले सरकारलाई संसदमा विभिन्न विवादास्पद विधेयक पेश गरेर मानव अधिकार कुण्ठित गर्दै सर्वसत्तावाद लाद्न खोजेको गम्भीर आरोप लगाए।

काठमाडाैं, भदाै ६ - नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिष्टलाई सिध्याउने चेतावनी दिएका छन्। कांग्रेसको कर्णाली प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गर्दै सभापति देउवाले यस्तो चुनौती दिएका हुन्। कांग्रेसका सभापति देउवाले दुई तिहाईको कम्युनिष्ट सरकारका कारण मुलुक खतराको मोडमा गएकाले कम्युनिष्टलाई परास्त गर्नैपर्ने बताएका हुन्।

‘राणा शासण कांग्रेसले फाल्यो। पञ्चायती व्यवस्था फाल्यो। राजा फाल्यो। अव कम्युनिष्ट फाल्नुपर्छ’, उनले भने। वर्तमान सरकारले राज्यका सबै अंग आफ्नो हातमा लिएर कम्युनिष्ट ‘स्टेट’ बनाउन खोजेको उनले आरोप लगाए। सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको भन्दै उनले यही मौकामा कांग्रेसले मुलुकको नेतृत्व गर्ने र कम्युनिष्ट सिध्याउने गरी चनाखो हुनुपर्ने बताए। देउवाले सरकारलाई संसदमा विभिन्न विवादास्पद विधेयक पेश गरेर मानव अधिकार कुण्ठित गर्दै सर्वसत्तावाद लाद्न खोजेको गम्भीर आरोप लगाए।

प्रेसलाई अंकुश लगाएर स्वतन्त्र मिडियालाई कब्जामा लिन खोजेको र नागरिकका बोल्न पाउने अधिकारलाई हस्तक्षेप गरेको उल्लेख गरे। फरक प्रसंगमा देउवाले पार्टीलाई आफुले एकढिक्का बनाउन प्रयास गरे पनि सहयोग नपाएको गुनासो गरे। सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी हुने गरी अहिले नै जनताको घर दैलोमा तीन चार पटक पुग्न कार्यकर्तालाई निर्देशन दिए।
 


 

More form the Internet

loading...