Suvadin, Home

Cover Image

केपी,प्रचण्ड र देउवाले भेटे राष्ट्रपतिलाई

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा आइतबार साँझ नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुगेका हुन्।

काठमाडौं,६ फागुन-राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा आइतबार साँझ नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुगेका हुन्।

राष्ट्रपति भण्डारी , प्रमुख दलका शीर्ष नेताहरुबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।


 

More form the Internet

loading...