Suvadin, Home

कांग्रेसभित्र विवाद, विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी

विभिन्न ५६ जिल्लाका जिल्ला सभपतिहरुले आज सयुक्त विज्ञप्ती निकाल्दै पार्टी सभापति शेरबहादुर देउवाले उत्साहित भएका आम पार्टी सदस्यहरुलाई निरास बनाएको बताएका छन्। केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने उनीहरुको माग महासमिति बैठकमा सहमति जनाएपनि केन्द्रीय कार्यसमितिको बैठकमा सो सहमति नभएको भन्दै देउवाले नमानेपछि रुष्ट भएका हुन्।

काठमाडौं,२१ फागुन-महासमिति बैठकको सहमति उल्टाएको भन्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी नेतृत्वलाई दिएका छन्। महासमिति बैठकमा जिल्ला सभापतिसग गरिएको सहमति अहिले नभएको भन्दै नेतृत्वपछि हटेको आरोप लगाउदै जिल्ला सभापतिहरुले नेतृत्वको चर्को आलोचना गरेका हुन्।

विभिन्न ५६ जिल्लाका जिल्ला सभपतिहरुले आज सयुक्त विज्ञप्ती निकाल्दै पार्टी सभापति शेरबहादुर देउवाले उत्साहित भएका आम पार्टी सदस्यहरुलाई निरास बनाएको बताएका छन्। केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने उनीहरुको माग महासमिति बैठकमा सहमति जनाएपनि केन्द्रीय कार्यसमितिको बैठकमा सो सहमति नभएको भन्दै देउवाले नमानेपछि रुष्ट भएका हुन्।

कांग्रेस जिल्ला सभापतिहरुले महासमितिबाट पास भएको विषय केन्द्रीय समितिले उल्टाएको भन्दै आश्चर्य व्यक्त गरेका छन्। ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरु देखापर्नु दुर्भाग्यपूर्ण हो’, संयुक्त विज्ञप्तिमा भनिएको छ। उनीहरुले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

विज्ञप्ती जारी गर्नेमा प्रदेश एकबाट १०, दुईबाट २, तीन नम्वर प्रदेशबाट १०, गण्डकी प्रदेशबाट आठ, प्रदेश ५ बाट १०, कर्णाली प्रदेशबाट १० र सुदुरपश्चिम प्रदेशबाट ४ जिल्ला सभापति रहेका छन्।

यस्तो जिल्ला सभापतिको विज्ञप्ती

नेपाली कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति श्री शेर बहादुर देउवा र बरिष्ठ नेता श्री रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अबशर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवध्दता जनाउनुभएको थियो । यसरी महासमिति बैठक बाट पास भैसकेको बिषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्य चकित तुल्याएको छ । महासमिति भन्दा ठुलो केन्द्रिय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण हो ।उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (द· न·९३० महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ ।महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौ । जय नेपाल ।

प्रदेश नं. १
१. लिला देवी बोखिम — ताप्लेजुंग
२. नरेन्द्र कुमार केरुङ्ग — पांचथर
३. हिमालय कर्माचार्य — ईलाम
४. उद्धव थापा — झापा
५. गोविन्द ढुंगाना — तेह्रथुम
६. नन्दमणि राई — भोजपुर
७. नरेश कुमार श्रेष्ठ — खोटांग
८. बिनोद बस्नेत — सोलुखुम्बु
९. राजिब कोइराला — सुनसरी
१०. डिग बहादुर लिम्बु — मोरंग
११. बिदुर बस्नेत — गाईघाट
१२. दिपेन कुमार श्रेष्ठ – संखुवासभा
प्रदेश नं. २
१. कृष्ण देव यादव — रौतहट
२. अजय दुवेदी — पर्सा
प्रदेश नं. ३
१. उज्जल बराल — सिन्धुली
२. मधु आचार्य — काभ्रे
३. लवश्री न्यौपाने — रामेछाप
४. बिकाश लामा — सिन्धुपाल्चोक
५. जगदीश्वर नरसिंह केसी — नुवाकोट
६. दुर्लभ थापा — भक्तपुर
७. सबुज बानिया — काठमाडौँ
८. पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९. रमेश धमला — धादिंग
१०. जित नारायण श्रेष्ठ — चितवन
गण्डकी प्रदेश
१. बैकुण्ठ न्यौपाने — तनहुँ
२. कृष्ण केसी —कास्की
३. खम्ब गर्बुजा —म्याग्दी
४. यङ्गजीङ्ग बिष्ट —मुस्तांग
५. कुमार राणा —स्याङजा
६. बिष्णु प्रसाद लामिछाने —नवलपुर
७. भेष बहादुर पौडेल —लम्जुङ्ग
८. हरि ब घले —गोरखा
प्रदेश नं. ५
१. अर्जुन पोखरेल —परासी
२. बिर बहादुर राणा —पाल्पा
३. भुवन श्रेष्ठ —गुल्मी
४. बिष्णु प्रसाद खनाल९मुश्कान) —अर्घाखाची
५. सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु
६. अम्मर प्रसाद भण्डारी — प्युठान
७. अमर सिंह पून —रोल्पा
८. केशर मान रोका —पूर्व रुकुम
९. किरण कोइराला —बाँके
१०. संजय गौतम — बर्दिया
कर्णाली प्रदेश 
१. खड्ग बहादुर शाही — मुगु
२. दिप बहादुर शाही —जुम्ला
३. हर्ष बहादुर बम —कालिकोट
४. कृष्ण कुमार बिसी — दैलेख
५. कमल राज रेग्मी —सुर्खेत
६. प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७. गणेश बहादुर चन्द —सल्यान
८. दिपक जंग शाही — जाजरकोट
९. जयपति रोकाया —हुम्ला
१०. अंगत बुढा —डोल्पा
सुदूरपश्चिम प्रदेश 
१. कर्ण बहादुर मल्ल —डडेल्धुरा
२. ललित सिंह बोहरा —दार्चुला
३. नरेन्द्र सिंह थापा —बैतडी
४. हर्क जंग बहादुर सिंह —बझांङ्ग


 

More form the Internet

loading...